PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई-पासको व्यवस्था, अनलाइनमार्फत फारम भर्न सकिने



रासस

अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई-पासको व्यवस्था, अनलाइनमार्फत फारम भर्न सकिने

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था शुरु गरेको छ।

गृह मन्त्रालयले सोमवार आयोजना गरेको कार्यक्रममा खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो। ई-पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ। जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई-पास वितरण गर्ने छ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रकृयालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए। यो प्रणाली मंगलवारदेखि शुरु हुनेछ।

मन्त्री थापाले फारम भर्ने सबैलाई भन्दापनि प्राप्त प्रमाणको आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनको लागि ई-पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell