PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

श्रीलंकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको शव अनिवार्य जलाउनुपर्ने, मुस्लिम समुदायको विरोध



पहिलोपोस्ट

श्रीलंकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको शव अनिवार्य जलाउनुपर्ने, मुस्लिम समुदायको विरोध
PHOTO : GETTY IMAGES

श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टि जलाएर गर्नुपर्ने नियम ल्याइएको छ। जुनसुकै धर्मको भए पनि यो निर्णय लागु हुनेछ।

अल्पसंख्यक मुसलमानहरुले विरोध जनाए पनि श्रीलंकाली सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणको उपायअन्तर्गत यो नियमलाई अघि सारेको बीबीसी हिन्दीले जनाएको छ।

समाचार संस्था एएफपीका अनुसार श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। जसमा तीन जना मुसलमान थिए। उनीहरुको शव पनि जलाइएको छ। यद्यपि परिवारका सदस्यले जलाउन मानेका थिएनन्।

श्रीलंकाका स्वास्थ्य मन्त्री पवित्रा वाणिअराचछीले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका र आशंकितको मृत्यु भएमा अनिवार्य शव जलाइने बताइन्।

यद्यपि विश्व स्वास्थ्य संगठनले भने संक्रमितको मृत्युपछि शव जलाउन वा खाल्डोमा पुर्न दुबै मिल्ने बताएको छ।

कोरोनाबाट श्रीलंकामा दुई सय भन्दा बढी संक्रमित छन्। संक्रमण रोक्न कर्फ्यू लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell