PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

थप दुई जनामा देखियो कोरोनाको संक्रमण, नेपालमा पुगे १४ जना



पहिलोपोस्ट

थप दुई जनामा देखियो कोरोनाको संक्रमण, नेपालमा पुगे १४ जना

काठमाडौं : सोमवार थप २ जना कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कैलालीकी ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका  १९ वर्षका किशोरमा पनि नतिजा पोजेटिभ आएको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।

आइतवारमात्र तीन जना भारतीय नागरिकमा संक्रमण देखिएको थियो। तीन जना संक्रमितहरु ३७, ४४ र ५५ वर्षको उमेर रहेका छन्। उनीहरु एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका वासिन्दा रहेको खुलेको छ।

अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा ५ सय १९ जना जनाको परीक्षण गरिएको हो।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ९ जना र उपत्यका बाहिर ९४ जना गरेर १०३ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ७ हजार १ सय ६६ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell