
काठमाडौं : ललितपुर महानगरपालिकाले महानगर भित्र गत ३० दिनयता विदेशबाट आएकाको कोरोना भाइरसको र्यापिड डायग्नोस्टिक टेस्ट गर्ने भएको छ। महानगरले स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा ४ ठाँउमा कोरोना परीक्षण गर्ने भएको हो।
जावलाखेल, लगनखेल, धापाखेल र वुंगमतीबाट परीक्षण गर्ने महानगरको तयारी छ। महानगरले सूचना निकालेर चार ठाउँबाट कोरोना परीक्षण गर्ने जनाएको छ। बैशाख २ र ३ गते परीक्षण हुने पनि महानगरको सूचनामा उल्लेख छ।