
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले पहाडी तथा हिमाली जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई तराईका सीमामा खटाउन निर्देशन दिएका छन्।
सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिँदै अत्यावश्यक बाहेक अन्य सशस्त्र प्रहरीलाई तराईका जिल्लामा खटाउन निर्देशन दिएका हुन्। कोरोना भाइरसको संक्रमणबाट बच्न तीन सातादेखि देश लकडाउन छ। सीमा नाकाबाट मानिसहरु छिर्ने भएकाले सीमा कडाइ गर्न थप सशस्त्र प्रहरी परिचालन गर्न लागिएको हो।
यस्तै, गृहमन्त्रीले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएका छन्।