PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सीमा कडा पार्दै सरकारः पहाडी र हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई सीमामा खटाउन गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

सीमा कडा पार्दै सरकारः पहाडी र हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई सीमामा खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले पहाडी तथा हिमाली जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई तराईका सीमामा खटाउन निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिँदै अत्यावश्यक बाहेक अन्य सशस्त्र प्रहरीलाई तराईका जिल्लामा खटाउन निर्देशन दिएका हुन्। कोरोना भाइरसको संक्रमणबाट बच्न तीन सातादेखि देश लकडाउन छ। सीमा नाकाबाट मानिसहरु छिर्ने भएकाले सीमा कडाइ गर्न थप सशस्त्र प्रहरी परिचालन गर्न लागिएको हो।

यस्तै, गृहमन्त्रीले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न समेत  निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell