PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कुन प्रदेशमा कोरना संक्रमित कति?



पहिलोपोस्ट

कुन प्रदेशमा कोरना संक्रमित कति?

काठमाडौं : सोमवार थप २ जना कोरोना संक्रमित विरामी फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीकी ६५ वर्षीया बृद्धा र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षका किशोरमा संक्रमण देखिएको हो। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।

अहिले कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ५ जनाको उपचार भइरहेको छ। त्यस्तै वीरगंज अस्पतालमा ३ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। वीरगंजमा आइतवार भारतबाट आएका तीन जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा आइसोलेसनमा राखिएको छ।

प्रदेश २ मा संक्रमण देखिएका ४ जना उपचाररत छन्।

त्यस्तै, गण्डकी प्रदेशको बाग्लुङ अस्पतालमा २ जनाको उपचार भइरहेको छ। विदेशबाट आएका दुई जनामा कोरोना देखिएको हो। त्यस्तै, काठमाडौंको टेकु अस्पतालमा थप दुई संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

पहिलो पटक कोरोना संक्रमण देखिएका एक युवक भने उपचारपछि घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell