PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

१४ जना संक्रमित फेला पर्दा र्‍यापिड टेस्टमाथि उठ्यो प्रश्न



पहिलोपोस्ट

१४ जना संक्रमित फेला पर्दा र्‍यापिड टेस्टमाथि उठ्यो प्रश्न

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्दा यहाँ प्रयोगमा ल्याइएको र्‍यापिड टेस्टको नतिजाको विश्वसनीयतामाथि भने शंका उत्पन्न भएको छ। १३ औं संक्रमित कैलाली जिल्लामा फेला परेकी महिला हुन् भने १४ औं रौतहटमा।

१३ औं संक्रमित महिलाले वीरगंजमा चिया पसल चलाउँदै आएकी थिइन्। लकडाउन भएपछि सुदूर पश्चिम प्रदेशको कैलाली पुगेकी उनमा संक्रमण देखिएको हो। क्वारेन्टाइनमा रहेकी उनको स्वाब र्‍यापिड टेस्ट किटमार्फत् गर्दा कोभिड - १९ नेगेटिभ देखिएको थियो। त्यसपछि उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो।

तर, उनमा देखिएको संकेतहरुले भने कोरोना भएको आशंका पैदा गरिरहेको थियो। त्यसपछि उनको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइयो। पीसीआर प्रविधिबाट टेकुमा भएको परीक्षणले भने फेरि उनमा कोभिड १९ को पोजेटिभ देखायो।

त्यसो त नेपालमा प्रयोग भइरहेको र्‍यापिड टेस्टलाई विश्व स्वास्थ्य संगठनले विश्वसनीय ठहर्‍याएको छैन। उसले पीसीआर प्रविधिलाई नै कोरोना संक्रमण भए नभएको पहिचान गर्ने आधार बनाउन आग्रह गरेको छ।

नेपालमा चीनबाट ल्याइएको र्‍यापिड टेस्टले सबै नतिजा भने गलत नै निकालेको भने होइन। यसअघि वाग्लुङमा पनि र्‍यापिङ टेस्ट गर्दा अन्यौलपूर्ण परिणाम देखाएको थियो। त्यसको पनि पीसीआर प्रविधिबाट परीक्षण हुँदैछ जसको परिणाम आउन बाँकी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवारको प्रेस ब्रिफिङमा पीसीआरबाट ५ हजार ६ सय ९१ र आरटिडीबाट ५ हजार २ सय ९१ जनाको परीक्षण गरिएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell