PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लोकल ट्रान्समिसन टू : खुलेको छैन, कहाँबाट सर्‍यो? उनीबाट अरु कति संक्रमित भए, ट्र्याकिङ कठिन



पहिलोपोस्ट

लोकल ट्रान्समिसन टू : खुलेको छैन, कहाँबाट सर्‍यो? उनीबाट अरु कति संक्रमित भए, ट्र्याकिङ कठिन

काठमाडौं : चैत २२ गते एकै दिन धनगढीमा तीन जनामा कोरोना संक्रमण देखियो। त्यसमध्ये एकजनामा लोकल ट्रान्समिसन देखिएको थियो भने बाँकी दुई इम्पोर्टेड। त्यसअघि देखिएका सबै केस 'इम्पोर्टेड' मात्र थिए। कैलालीको केस नै नेपालमा पहिचान भएको पहिलो स्थानीय स्तरमा सरेको कोरोना संक्रमण हो

दुबईबाट फर्किएका संक्रमित युवकका आफन्तमा कोरोना भाइरस सरेको पुष्टि भएको थियो। कैलालीकी ३४ वर्षीया महिलामा भाइरसको संक्रमण देखिएसँगै नेपाल संक्रमणको अर्को चरणमा प्रवेश गरेको थियो।

त्यस्तै, आज नै कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ। वीरगंजमा परिवारसहित चिया पसल संचालन गरेर बस्दै आएकी उनी चैत १८ गते विहान त्यहाँबाट कैलाली आइपुगेकी थिइन्।

श्रीमान, एक नाति र नातिनी र उनीसहित ४ जनालाई लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। तर, कोरोना नदेखिएपछि उनलाई घर फर्काइएको थियो। उनीसँगै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ५२ जना बसेका थिए। संक्रमित महिला बस्ने कोठामा भने १७ जनालाई राखिएको थियो। २८ गतेबाट भने उनीहरु घरमै बस्दै आएका थिइन्। पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

संक्रमित महिला अहिलेसम्म नेपाल छोडेर बाहिर गएको नदेखिनुले उनी पनि लोकल ट्रान्समिसन भएको संकेत गर्छ। उनलाई कसबाट कोरोना भाइरस सर्‍यो खुल्न सकेको छैन। उनीबाट अरु कति संक्रमित भएका छन्, त्यो पनि भन्न सकिन्न किनकि उनी चिया पसल संचालन गर्दै बसेकी थिइन्। लकडाउन सुरु भइसकेपछि उनी वीरगंजको बसपार्क नजिकै रहेको पसलमा ताला लगाएर कैलाली हिँडेकी थिइन्। त्यसैले अब प्रशासनलाई उनीसँग नजिक आएका मानिसको ट्र्याकिङ गर्नु महत्वपूर्ण चुनौती हुनेछ।

यसले नेपालको अवस्था थप गम्भीर भएको देखाएको छ। किनभने समयमा नै परीक्षण संख्या कम हुनुले भाइरस लागेको व्यक्ति पहिचान हुन सकेको छैन। संक्रमितबाट थप संक्रमण फैलिने सम्भावना अधिक गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell