
ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले प्रेस ब्रिफिङमार्फत् कोरोना भाइरस संक्रमण, त्यसको प्रभाव, मृत्युदर आदिबारे जानकारी दिन्छ। सोमबारको सम्मेलनमा ट्रम्पले केही दिन यता संक्रमितको संख्या स्थिर रहेको जानकारी दिए।
न्यूयोर्क, न्यूजर्सी, मिसिगन र लुसियानाजस्ता कोरोनाको 'हटस्पट'मा संक्रमणकै कारण अस्पताल भर्ना हुनेको संख्या घटेको उनको दावी थियो। उनले त्यसरी संक्रमित घट्नुको जस आम मानिसलाई नै दिए। 'आक्रमक नीति' र निर्देशन पालना गर्नुकै कारण संक्रमण स्थिर भएको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा उनी पत्रकारहरु प्रति भने आक्रोशित देखिए। ट्रम्पले पत्रकारहरुलाई 'फेक न्यूज' सम्प्रेषणको आरोप लगाए। एक भिडियो देखाउँदै भनेका थिए, 'यो सरासर झुटो समाचार हो।'
उनले आफू आलोनाहरुतर्फ ध्यान नदिने भए पनि आलोचना गर्ने नै गलत भएका कारण आफूले सच्याउन खोजेको बताए। सीबीएसकी पत्रकार पाउला रीडले उनलाई गत फेब्रुअरीदेखि कोरोना भाइरस रोक्न के गर्नुभयो? भनेर सोधेकी थिइन्। ट्रम्पले उक्त प्रश्नको जवाफ दिनै चाहेनन्। पटक पटक उनको प्रश्नको जवाफ दिन अस्वीकार गरेपछि उनले रीडलाई नै प्रतिप्रश्न गरे। भने, 'तपाईंलाई आफू झुटो भएको त थाहा छ नि? तपाईंका समाचारहरु फर्जी हुन्छन् भन्ने थाहा छ नि?'
केहीबेर पाउला र ट्रम्पबीच भनाभन नै भएको थियो।
This is amazing!!
— 🍂Selena Adera🍂 (@Selena_Adera) April 13, 2020
Watch Paula Reid from CBS refuse to back down, never allowing Trump to lie, or to talk over her, or to insult her. Truly amazing moment, bravo! #TrumpPressConf pic.twitter.com/udqe4mseZB
उक्त सम्मेलनमा अमेरिकाको संक्रामक रोगको विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि ट्रम्प कै समर्थनमा बोले। उनले संक्रमणको संख्यामा कमी आएको दावी गरे। भलै उनले दिएको एक टिभी अन्तर्वाताकै कारण फाउचीलाई पदबाट हटाइने अनुमान गरिएको थियो। तर, त्यसो भएन। बरु उनले पत्रकार सम्मेलनबाटै आफूलाई प्रष्ट्याउने मौका पाए। भने, 'मलाई काल्पनीक प्रश्न सोधिएको थियो। र त्यसको जवाफ दिँदा मैले गलत शब्दहरुको प्रयोग गरेको थिएँ।'
उनले अन्तर्वातामा भनेका थिए- अमेरिका पहिलेदेखि नै सतर्क रहन्थ्यो भने कोरोना संक्रमणका कारण मर्नेको संख्या कम हुन्थ्यो।
ट्रम्पले आफूले कोरोना भाइरस संक्रमणका लागि गरेको प्रयासहरु सबै ठीक रहेको बताए। उनका अनुसार हालसम्म अमेरिकामा ३० लाख मानिसको कोरोना भाइरस परीक्षण भएको बताए।
हालसम्म ५ लाख ७७ हजार ३ सय ७ जनामा भाइरस देखिएको छ र २३ हजार २ सय ३२ जनाको मृत्यु भइसकेको छ।
यस विषयलाई लिएर सीबिएसकी ह्वाइट हाउस संवाददाता पाउलाले ट्रम्पसँग गरेको प्रश्न र वादविवादका कारण उनको चर्चा भइरहेको छ। विशेषगरी ट्वीटरमा उनले साहसीको संज्ञा पाइरहेकी छिन्। दुईबीच विवादको भिडियो चर्चामा छ।
Paula Reid did a great job asking him what he did in February, he never answered, just went back to no one knew anything in January.... and he lied about what Joe Biden said and the context of when he said.
— linda w (@lindaw69338642) April 13, 2020
Kudos Paula Reid.
The woman reporter who courageously refused to allow Trump to lie unchallenged, shout her down, and talk over her is Paula Reid of @CBSNews.
— Bill Madden (@maddenifico) April 13, 2020
From myself, and the overwhelming majority of the American people, thank you @PaulaReidCBS.#PressBriefing https://t.co/qNyCfRkgxw