PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रधानमन्त्रीले डाके क्याबिनेट मिटिङ, आज ११ बजे लकडाउनबारे छलफल हुँदै



पहिलोपोस्ट

प्रधानमन्त्रीले डाके क्याबिनेट मिटिङ, आज ११ बजे लकडाउनबारे छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज बिहान ११ बजेको लागि बैठक बोलाइएको हो। बैठक कोरोना भाइरसको संक्रमण र त्यसको रोकथामका लागि के गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ।

सरकारले घोषणा गरेको लकडाउनको समय भोलि सकिँदैछ। आज बस्ने बैठकलले लकडाउन लम्ब्याउने वा कसरी लैजाने भन्ने विषयमा निर्णय गर्ने छ।

'११ बजेलाई बैठक बोलाइएको छ। लकडाउनको विषय नै मुख्य हुनेछ,' भौतिक पुर्वधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले भने।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए। उनीहरुले लकडाउन बढाउनुको विकल्प नरहेको बताएका थिए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठन भएको उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषद् बैठकमा लकडाउन थप गर्ने निर्णय लैजाने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell