PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोभिड-१९ का कारण विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार बढीको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ का कारण विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार बढीको मृत्यु
Photo: coronavirus.jhu.edu/map

कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख १९ हजार ९१३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख १९ हजार ६६६ जनाको मृत्यु भएको छ

सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ५ लाख ८१ हजार ६७९ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ७० हजार ९९, इटालीमा १ लाख ५९ हजार ५१६, फ्रान्समा १ लाख ३७ हजार ८७७, जर्मनीमा १ लाख ३० हजार ७२, बेलायतमा ८९ हजार ५७१, चीनमा ८३ हजार २१३ तथा इरानमा ७३ हजार ३०३ जना संक्रमित भएका छन्।

यसैगरी कोभिड-१९ का कारण अमेरिकामा सबैभन्दा धेरै २३ हजार ६०८ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा २० हजार ४६५, स्पेनमा १७ हजार ७५६, फ्रान्समा १४ हजार ९६७, बेलायतमा ११ हजार ३२९, इरानमा ४ हजार ५८५ र चीनमा ३ हजार ३४५ जनाको मृत्यु भएको छ।

यसैगरी कोभिड-१९ बाट संक्रमित भएकामध्ये ४ लाख ४९ हजार ५८९ जना निको भएका छन्। जसमा सबैभन्दा बढी चीनमा ७८ हजार १३० जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell