PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक



पहिलोपोस्ट

कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक
Getty Images

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई स्वाइन फ्लूभन्दा बढी खतरनाक भएको जनाएको छ। सोमबारको भर्चुअल ब्रिफिङमार्फत् संगठनका प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियेससले स्वाइन फ्लूले भन्दा बढी र चाँडो कोरोनाको प्रभाव फैलने र संक्रमितको ज्यान लिने बताएका हुन्।

यस संक्रमणलाई रोक्न प्रभावकारी भ्याक्सिन आवश्यक रहेको उनको दावी छ। जसका लागि विश्वभरका वैज्ञानिक, चिकित्सक, दाता र उत्पादक मिलेर विश्व स्वास्थ्य संगठनकै समन्वयनमा काम भइरहेको छ। सार्वजनिक प्रयोगका लागि उक्त भ्याक्सिन बन्न समय लाग्ने भए पनि त्यसले यस विश्वव्यापी माहामारीलाई रोक्ने जनाइएको छ।

https://pahilopost.com/assets/upload/images/980.JPG

द इकोनमिक टाइम्समा जनाइए अनुसार टेड्रोसले भने,'हामीलाई थाहा छ कि कोभिड-१९ फैलिरहेको छ। हामीलाई यो पनि थाहा छ कि स्वाइन फ्लूभन्दा चुनौतीपूर्ण छ यस भाइसविरुद्ध लड्नु। त्यसको लागि हामीलाई भ्याक्सिन चाहिन्छ।'

सन् २००९ मा देखिएको स्वाइन फ्लूले २०१० को अगस्टसम्म रह्यो। उक्त फ्लुले विश्वभर ५ लाख ७५ हजार चार सय मानिस मारेको थियो।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भने कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर १९ लाख १९ हजार ९१३ मानिस संक्रमित छन्। पहिलो पटक देखिएको चार महिना नपुग्दै १ लाख १९ हजार ६६६ जनाको मृत्यु भइसकेको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell