PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

फ्रान्समा कोरोनाको कारण करिब १५ हजारको मृत्यु, एक महिनाका लागि थपियो लकडाउन



पहिलोपोस्ट

फ्रान्समा कोरोनाको कारण करिब १५ हजारको मृत्यु, एक महिनाका लागि थपियो लकडाउन
Photo: Reuters

फ्रान्समा लकडाउनको अवधि थप गरिएको छ। राष्ट्रपति इम्मानुएल म्याक्रोनले एक महिनाका लागि लकडाउन बढेको घोषणा गरेका हुन्। उनले संक्रमण नियन्त्रण र रोकथामका लागि मे ११ सम्म देश लकडाउनमा रहने बताए।

म्याक्रोनले राष्ट्रको नाममा सम्बोधन गर्दै फ्रान्समा कोरोना भाइरस संक्रमणको अवस्थाबारे जानकारी दिएका थिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण ५ सय ७४ जनाले ज्यान गुमाए। लगत्तै, फ्रान्समा संक्रमणका कारण मर्नेको संख्या करिव १५ हजार पुग्न लागेको छ। हालसम्म १४ हजार ९ सय ६७ ले कोरोनाका कारण फ्रान्समा ज्यान गुमाएका छन्।

उनले देश कोरोना भाइरसविरुद्ध लड्नका लागि तयार नभएको यथार्थलाई स्वीकारेका छन्।

'हामीसँग अन्य राष्ट्रहरुसँग जस्तो सुरक्षा उपकरणहरु थिएनन्। आवश्यक वस्तुहरुको कमी थियो। कतिपय अस्पतालमा अझै पनि अप्ठ्यारो छ,' उनले भने।

उनले एक महिनासम्म शैक्षिक संस्था खोल्न नसक्ने बताए। साथै गैर युरोपेली देशहरुका लागि बोर्डर बन्द नै राख्ने जानकारी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell