PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लकडाउनको तेस्रो साता : बिहानै सडकमा समातिए १३ सय जना



पहिलोपोस्ट

लकडाउनको तेस्रो साता : बिहानै सडकमा समातिए १३ सय जना

काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको तीन साता पूरा भएको छ। कोरोना संक्रमण बिरामीको सङख्या थपिँदै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरिरहेको छ। तर, लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या पनि थपिँदो छ। प्रत्येक बिहान प्रहरीले उपत्यकाभित्रका सडकबाट औशत १३ सय जना मानिसलाई नियन्त्रणमा लिने गरेको छ।

आज बिहान ८ बजेसम्म उपत्यकाबाट १३ सय ३५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। जसमा २८३ जना महिला र १०५२  जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ।

यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले १ सय १४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell