PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'भर्चुअल लिटरेचर फेस्टिभल' : आज 'शब्दसँग सयर गर्ने सहयात्री'सँग कुराकानी र गजल वाचन विशेष कार्यक्रम



पहिलोपोस्ट

'भर्चुअल लिटरेचर फेस्टिभल' : आज 'शब्दसँग सयर गर्ने सहयात्री'सँग कुराकानी र गजल वाचन विशेष कार्यक्रम

काठमाडौं : सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ मा मंगलबार दुई सत्र आयोजना हुँदैछन्।

'शब्दसँग सयर गर्ने सहयात्री' शीर्षक रहेको पहिलो सत्रमा सरिता तिवारी, सीमा आभास र अनुपम रोशीले लेखनसँग जोडिएका विविध विषयमा कुराकानी गर्नेछन्। दिउसो एक बजे किताब जात्राको फेसबुक पेजमार्फत् हुने छलफलमा शकुन्तला जोशीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछिन्।

त्यस्तै दिउसो चार बजे 'गजल बहार' शीर्षकमा गजलकारहरु नृपेश उप्रेती, हुकुम धड्कन र विमला दाहालबीच छलफल हुनेछ। कार्यक्रम गजलकार बाबु त्रिपाठीले सञ्चालन गर्नेछन्।

किताब यात्रा फाउन्डेसनले लकडाउनको अवस्थामा पनि सिर्जनशील बनिरहन उत्प्रेरित गर्न यस भर्चुअल फेस्टिभल सुरु गरेको बताइएको छ। महोत्सव फेसबुक लाइभमार्फत् हुने विविध गतिविधि एवं छलफल केन्द्रित रहनेछ।

‘काठमाडौंमा किताब जात्रापछि हामी सातै प्रदेशमा जाने योजना बनाइरहेका थियौं। त्यसैबेला महामारीको संकट आइलाग्यो। यो समयमा सिर्जनशील बनिरहन यस्तो भर्चुअल छलफलले सहयोग पुग्ने देखेर फेस्टिभल गरेका हौं’, फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले बताए।

एक सातासम्म चल्ने महोत्सवमा दिउसो १ बजे र ४ बजे दुई फरक सत्रहरु हुनेछन्।

फेस्टिभलको पहिलो दिन ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरे।

त्यस्तै दोस्रो सत्रमा ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा बहस भयो। कला अनुरागीले सहजीकरण गरेको सत्रमा रङ्गकर्मीहरु अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले छलफल गरेका हुन्।

साथै कार्यक्रमका हरेक सत्रका रेकर्डेड भिडियोहरु किताब जात्राकै पेजमा हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell