
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोभिड १९ को संक्रमणबाट मुक्त भएका छन्। सरकारी प्रवक्ता जेम्स स्लकले प्रधानमन्त्रीको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको सोमवार जानकारी दिएका छन्।
उनका अनुसार जोन्सन आधिकारिक आवास चेकर्समा आराम गरिरहेका छन्। जोन्सनका लागि चेकर्स, १० डाउनिंग स्ट्रीटभन्दा सुरक्षित ठाउँ रहेको बताइएको छ।
यसअघि कोरोना भाइरसको संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तीन दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो। उनी आइतबार डिस्चार्ज भएका थिए।
डिस्चार्ज भएसँगै भिडियो सन्देशमा उनले आफ्नो ज्यान बचाएकोमा धन्यवाद दिएका थिए।