PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एकाएक कोरोनाको डरले सन्नाटा छाएको बस्तीको हेर्नुस् दृष्य कथा

एकाएक कोरोनाको डरले सन्नाटा छाएको बस्तीको हेर्नुस् दृष्य कथा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज बिहान फरकखाले सन्नाटा थियो यहाँ। लकडाउनका अन्य दिनमा मानिसहरु फुत्तफुत्त निस्किरहन्थे। प्रहरीले छेको पार्दै उनीहरुलाई सचेत गराइरहन्थ्यो। तर, आज भने प्रहरी धेरे तैनाथ थिएनन्। मानिसको गतिविधि पनि करिब शून्य लाग्थ्यो।

यो काँडाघारीको कथा हो। यहाँ रहेको सन सिटी अपार्टमेन्टमा कोरोना संक्रमित देखिएको त्रासले मानिसको गतिविधिलाई ठप्पै पारेको छ। जबकी उनीहरुमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छैन। र्‍यापिड टेस्टमा सन सिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनालाई कोभिड १९ पोजेटिभ देखायो। त्यसपछि, उनीहरुको स्वाब लिएर परीक्षण गर्न टेकु पठाइएको छ। उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना पनि गरिएको छ।

वाग्लुङमा पनि एक जनामा यस्तैगरी पोजेटिभ देखिएको थियो। तर, पछि परीक्षणले उनको नतिजा नेगेटिभ देखायो। सम्भावना छ, यहाँ पनि त्यही अवस्था दोहरिने। तर, मानिसहरु कोरोनाको कहरमा कति छन् भन्ने बुझ्न यी दृष्यहरु काफी छन्। पहिलोपोस्टका प्रवीण रानाभाटले कोरोनाको कहरमा सुनसान बनेको यहाँको दृष्यलाई यसरी पस्केका छन् -



ट्रेन्डिङ पोस्ट

Ncell