PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

स्वास्थ्यकर्मीका लागि शाहरुख खानले गरे २५ हजार पीपीई सेट सहयोग



पहिलोपोस्ट

स्वास्थ्यकर्मीका लागि शाहरुख खानले गरे २५ हजार पीपीई सेट सहयोग
Photo : Bollywood Hungama

बलिउड बादशाह शाहरुख खानले स्वास्थ्यकर्मीका लागि २५ हजार थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) सेट सहयोग गरेका छन्। उनले महाराष्ट्रका अस्पताल एवं स्वास्थ्य केन्द्रहरुमा कोरोना भाइरसविरुद्ध उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुका लागि पीपीई उपलब्ध गराएका हुन्।

महाराष्ट्रका जनस्वास्थ्य मन्त्री राजेश टोपेले शाहरुखको सहयोगबारे जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्,'धेरै धेरै धन्यवाद शाहरुख खान। तपाईंको यस सहयोगले स्वास्थ्यकर्मीका लागि ठूलो अर्थ राख्‍छ। यसले हामीलाई कोरोनाविरुद्धको अभियानमा निकै अघिसम्म पुग्न सहयोग गर्छ भन्ने आशा राखेका छौं।' 

जवाफमा शाहरुखले लेखेका छन्, 'म यस सेवामा जोडिन पाउँदा खुशी छु। हामी सबै एकअर्का र मानवता जोगाउनका लागि सँगै छौं।' 

शाहरुखले फरक क्षेत्रमा फरक तरिकाले लकडाउन एवं कोरोना भाइरस प्रभावित भएकाहरुलाई सहयोग गरेका छन्। प्रधानमन्त्रीको राहत कोष, मुख्यमन्त्री राहत कोष, महाराष्ट्रमा रकम जम्मा गराएका छन्। त्यस्तै पश्चिम बंगालमा विभिन्न च्यारिटीमार्फत् सहयोग पुर्‍याएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell