
काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सोमवार राति कोरोना भाइरसले जातीय तथा सामाजिक आर्थिक पक्ष र कोरोना भाइरसको प्रभावको बारेमा ट्विट गरे।
कोरोना भाइरसले अफ्रिकी-अमेरिकी समुदायमा पारेको प्रभावबारे द एटलान्टिकको समाचारको लिंक शेयर गर्दै ओबामाले कोरोनाको प्रभाव बारे जातीय तथा सामाजिक-आर्थिक पक्षले भूमिका खेलेको बताएको छन्।
ओबामाले ट्विटमा लेखेका छन्, ‘कोरोनाले कसलाई बढी प्रभाव पारेको छ भन्ने विषयमा जातीय तथा सामाजिक-आर्थिक पक्षले भूमिका खेलेको कुरा अस्वीकार गर्न सकिन्न। नीति निर्माताले निर्णय लिनुअघि अति संवेदनशील समुदायलाई प्राथमिकता दिनु पर्ने कुरा स्मरण गर्नुपर्छ।’
We can't deny that racial and socioeconomic factors are playing a role in who is being hit the hardest by the virus. It's a reminder for our policymakers to keep our most vulnerable communities at the forefront when making decisions.https://t.co/aipc8p7Hwh
— Barack Obama (@BarackObama) April 13, 2020
ओबामाले गरेको सो ट्विटमा प्रतिकृया दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पुँजीवादले विश्व तहसनहस पार्न लागेको बताए। पुँजीवादले पृथ्वी र मानव जातिको अस्तित्वलाई नै चुनौती दिएको उनले बताए।
‘हो, यो सत्य हो। तर, मुख्य पक्ष भनेको पुँजीवाद हो, जसले प्रकृतिलाई तहसनहत पार्दै पृथ्वी र मानव जातिको अस्तित्वलाई नै चुनौती दिएको छ। अनि, नाफा नै जीवन हो र सबैकुरा बस्तु हुन् भन्ने पुँजीवादको आदर्शले हामीलाई बचाउँन सक्दैन। वास्तविक समाजवादको विकल्पमा जाऔँ।’
Yes,its true.But the main factor is capitalism which is destryoing nature everyday threatening d existence of the earth & humanrace itself.Moreover, capitalist essennce that life is for profit&everything is a commodity can´t save us.let's go for d genuine socialist alternative. https://t.co/sfzrx2M2Ar
— NKShresthaPrakash (@nksthaprakash) April 14, 2020