PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा देखियो कोभिड १९



पहिलोपोस्ट

८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा देखियो कोभिड १९

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमवार एकै फ्ल्याटमा बस्ने तीन जनामा गरिएको र्‍यापिड टेस्टमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै पाटन अस्पताल भर्ना गरिएको थियो। एक जनाको भने रिपोर्ट आउन बाँकी नै छ।

उनीहरु तीनै जना चैतको पहिलो हप्ता बेलायतबाट आएको बताइएको छ। तीनै जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। प्रयोगशालाको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

चैत ५ गते उनीहरु बेलायतबाट फर्केका थिए। ब्लक ए को १६ औं तल्लामा उनीहरु रहँदै आएका थिए। ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा संक्रमण देखिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell