PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनमा अत्यावश्यक सवारीको तीव्र गति, ग्यास पुर्‍याउन हिँडेंका पुरुषको ठक्करले मृत्यु



पहिलोपोस्ट

लकडाउनमा अत्यावश्यक सवारीको तीव्र गति, ग्यास पुर्‍याउन हिँडेंका पुरुषको ठक्करले मृत्यु

काठमाडौं : बालाजुमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मंगलवार बिहान साढे ९ बजेतिर पानी ढुवानी गर्ने बा २ ख ५१७७ नम्बरको ट्याङकरले ठक्कर दिँदा काभ्रे घर भएका ५० वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। तारकेश्वर नगरपालिकाको डाँडागाउँमा ट्याङ्करले ठक्कर दिएको थियो।

मृत चौलागाईं नेपालटारमा रहेको युरिका स्कुलका सुरक्षागार्ड हुन्। स्कुल विदा भएको समयमा घर घरमा ग्यास पुर्‍याउने काम गर्थे उनले।

मंगलवार बिहान ग्यास पुर्‍याउन गइरहेको बेला ट्याङकरले ठक्कर दिएको थियो। त्यसपछि उनलाई उपचारको लागि ग्रिन सिटी अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्याङकरका चालक २१ वर्षीय गणेश गजमेरलाई नियन्त्रणमा लिएको छ।

सरकारले लकडाउन घोषणा गरेका कारण अहिले अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधन गुडेका छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell