PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

'र्‍यापिड टेस्टमा नेगेटिभ हुँदैमा ढुक्क नहुनु, तेस्रो व्यक्तिलाई आइसोलेसनमै राखौं'



सहयोग रञ्जित

'र्‍यापिड टेस्टमा नेगेटिभ हुँदैमा ढुक्क नहुनु, तेस्रो व्यक्तिलाई आइसोलेसनमै राखौं'

काठमाडौं : बेलायतबाट फर्किएर काठमाडौंस्थित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसिरहेका एकै परिवारका तीन सदस्यमध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

हाल अस्पतालमा रहेका तीन जनामध्ये ५८ वर्षीया पुरुष र ८१ वर्षीया महिलामा भाइरस पोजेटिभ देखिएको हो। उनीहरु हाल पाटन अस्पतालको आइसोलेनमा रहेका छन्।

चिकित्सकहरुले भने तीनजना मध्ये दुईजनामा संक्रमण देखिए पनि तेस्रो व्यक्तिलाई पनि आइसोलेसनमा राखेर निगरानी गर्नुपर्ने बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी भन्छन्, 'तेस्रो व्यक्तिमा संक्रमण नदेखिए पनि उनमा भाइरसको एन्टीबडी रहेको छ। त्यसैले उनलाई आइसोलेसनमा नै राख्नुपर्छ।'

बेलायतबाट फर्किएपछि उनीहरु एकै फ्ल्याटमा बसेकाले पनि परिवारका सबैमा संक्रमणको खतरा रहने उनी बताउँछन्।

करिब ३ हप्ता अगाडि बेलायतबाट फर्किएका तीन जनाको र्‍यापिड टेस्ट (आरडीटी)गर्दा तीनै जनामा भाइरसको संक्रमण देखिएको थियो। पछि, पीसीआरबाट परीक्षण गर्दा तीनमध्ये दुई जनामा कोभिड १९ पोजिटिभ देखिएको थियो।

आरडिटीमा नेगेटिभ देखाएको व्यक्तिलाई पीसीआरबाट पोजिटिभ र आरडीटीमा पोजेटिभ देखाएकालाई पीसीआरमा नेगेटिभ देखाएको बारे उनले भने, 'आरडीटीबाट संक्रमितको पहिचान हुने सम्भावना कम नै हुन्छ। त्यसमा नेगेटिभ आउँदैमा कोरोनाको संक्रमण हुँदैन भन्ने होइन। पोजिटिभ देखाएर पीसीआरले नेगेटिभ देखाए पनि उसमा भाइरसको एन्टीबडी हुन्छ। त्यसैले समुदायस्तरमा परीक्षण गराउँदा आरडीटी र पीसीआर दुवैलाई सँगसँगै लैजानु पर्छ।'

सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामा भाइरसको संक्रमण देखिएसँगै त्यहाँ बस्दै आएका करिब ४ सय परिवार त्रासमा रहेका छन्। संक्रमित व्यक्तिहरु बेलायतबाट फर्किएसँगै आइसोलेसनमा रहेको त्यहाँ बस्दै आएकाहरुको दाबी छ।

यद्यपि, उनीहरु समय समयमा बाहिर निस्किने गरेको बताइन्छ।

'संक्रमित व्यक्तिहरुको ट्र्याक हिस्ट्री चेक गरेर परीक्षण गर्नुपर्छ। सनसिटीमा रहेका सबैको परीक्षण गर्नुभन्दा सुरुमा संक्रमित बस्दै आएको ब्लकमा बस्दै आएकाहरुको बाट परीक्षण सुरु गर्नुपर्छ,' सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell