PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सिन्दुरले रंगिएन थिमि : लकडाउनमा सुनसान बन्यो मध्यपुर

सिन्दुरले रंगिएन थिमि : लकडाउनमा सुनसान बन्यो मध्यपुर

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : बैशाख २ गते भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइन्छ। तर कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै सरकारले गरेको लकडाउनका कारण आज थिमिमा सिन्दुर जात्रा गरिएन।

२८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरेर मनाइने सिन्दुर जात्रा नित्य पूजामा सिमित भयो।

सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै मानिसहरुको भीड हुने मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका क्षेत्र आज सुनसान बन्यो। बिहानीपख केही वृद्धवृद्धाहरु मन्दिरमा पूजा गर्न पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell