PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वैशाख १५ गतेसम्म थपियो लकडाउनको अवधि, १८ गतेसम्म सीमा बन्द



पहिलोपोस्ट

वैशाख १५ गतेसम्म थपियो लकडाउनको अवधि, १८ गतेसम्म सीमा बन्द

काठमाडौं : सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो। त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म नै बन्द रहनेछन्। 

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए।

छिमेकी राष्ट्र भारतले पनि आज लकडाउनको समय थप गरेर मे ३ सम्म पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell