PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२ हजार ६०९ को परीक्षण गर्दा भेटिए १६ जना संक्रमित



पहिलोपोस्ट

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२ हजार ६०९ को परीक्षण गर्दा भेटिए १६ जना संक्रमित

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ।

मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्‍यापिड टेस्ट गरी परीक्षण गरिएको बताए। उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए।

उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ हजार ४ सय ४८ जनाले नाम दर्ता गराएका छन्। ५ हजार ७ सय ७१ क्वारेन्टाइनमा र आइसोलेसनमा ९९ जना छन्।

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell