PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सामुहिक बलात्कार आरोपमा कैलालीमा चार जना पक्राउ, 'युवतीका आफन्तमाथि कुटपिट'



एम बम

सामुहिक बलात्कार आरोपमा कैलालीमा चार जना पक्राउ, 'युवतीका आफन्तमाथि कुटपिट'

कैलाली : कैलालीमा एक युवतीको सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। आफन्तलाई भेटेर घर फर्किने क्रममा मंगलबार दिउँसो १२ बजे गौरीगंगा नगरपालिका १ खुरखुरिया नजिकै युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन साउँद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन्। प्रहरीका अनुसार युवतीसँग अन्य ३ जना आफन्त भए पनि उनीहरुलाई धारिलो हतियार देखाएर नियन्त्रणमा लिई युवतीमाथि जबजस्ती करणी गरिएको हो।

युवतीसँगै रहेका आफन्तलाई कुटपिट समेत गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टले घटनामा संलग्न चारै जनालाई पक्राउ गरेको बताए। प्रहरीले उनीहरुबाट धारिलो हतियार र मोटरसाईकल समेत बरामद गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell