PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दुई सहसचिव सचिवमा बढुवा, प्रदेश २ को प्रमुख सचिवमा अर्जुन पोखरेल



पहिलोपोस्ट

दुई सहसचिव सचिवमा बढुवा, प्रदेश २ को प्रमुख सचिवमा अर्जुन पोखरेल

काठमाडौँः सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा र पदस्थापन गरेको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रशासन र इन्जिनियरिङ समूहका दुई वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको हो। 

निर्णय अनुसार सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन गरेको छ। प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। 

यस्तै इन्जिनियरिङ समूहका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको छ। ट्रष्टका सचिव रामकृष्ण सापकोटाको सरुवा गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell