PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

र्‍यापिड टेस्टमा काभ्रेमा पनि दुई जनामा देखियो कोरोना पोजिटिभ, धुलिखेल अस्पताल लगिँदै



प्रकाश भण्डारी

र्‍यापिड टेस्टमा काभ्रेमा पनि दुई जनामा देखियो कोरोना पोजिटिभ, धुलिखेल अस्पताल लगिँदै

काठमाडौं : काभ्रेमा गरिएको र्‍यापिड टेस्टमा दुई युवामा कोरोना पोजिटिभ देखिएको छ।

काभ्रेको बेथानचोक गाउँपालिकाका एक जना र मन्डन देउपुर नगरपालिकाका एक जनालाई कोरोना पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताए। थप टेस्टका लागि अहिले उनलाई धुलिखेल लैजाँदै गरेको तिमल्सिनाले बताए।

'र्‍यापिड टेस्टमा ब्लड टेस्ट गर्दा पोजेटिभ देखायो क्यार। त्यसैले हामी अर्को परीक्षण नगरेसम्म एकिन भन्न सकदैनौ',उनले भने।

मन्डन देउपुर नगरपलिका एक जनालाइ पनि कोरोनाको आंशकामा धुलिखेल अस्पताल पठाइको छ। नगरपालिकाका मेयर टोकबहादुर तामाङले अस्पताल पठाएको पुस्टि गरे।

'र्‍यापिडमा अलि कन्फ्युज रिजल्ट आयो। त्यसैले धुलिखेल पठाएका छौं', उनले भने। अस्पतालले कोरोना आशंकामा अहिलेसम्म अस्पतालमा कोही आइनपुगेको जनाएको छ।

धुलिखेल अस्पतालका डा.सुमनराज ताम्राकारले दुइ जनामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकालाई अस्पताल ल्याउन लागिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell