PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रसारण लाइनमा चट्याङ लागेपछि देशभरको विद्युत प्रणाली अवरुद्ध



अमर बडुवाल

प्रसारण लाइनमा चट्याङ लागेपछि देशभरको विद्युत प्रणाली अवरुद्ध
फाइल फोटो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रसारणलाइनमा चट्ट्याङ परेपछि देशभरको विद्युत प्रणाली अवरुद्ध भएको थियो।

तर प्राधिकरणले आफ्नो दक्षता देखाउँदै २० मिनेटभित्र देशभरकै लाइन पुन सञ्चालनमा ल्याएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

८ बजेर ४० मिनेटमा देशभरको लाइन अवरुद्ध भएको थियो। ९ बजेर ५ मिनेट भित्र देशभरकै लाइन पुन प्रवाह भइसकेको छ।

मर्स्याङ्दी - स्युचाटार १३२ केभी प्रसारण लाइनमा चट्ट्याङ परेपछि सिस्टम अवरुद्ध भएको थियो। तर प्राधिकरणले नोलाइटमा रहेका कर्मचारीलाई खटाउँदै खण्ड खण्डमा गरेर २० मिनेटभित्र लाइन सुचारु गरेको अधिकारीले बताए।

'कतै १० मिनेटमै पनि लाइन आयो भने कतै २० मिनेट सम्म लागेको थियो। देशभरको लाइन २०/२५ मिनेट भित्र दुरुस्त गरिएको हो,' उनले भने।

क्षति कति भयो भन्ने विवरण भने आइनसकेको प्रधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell