PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कर्णालीमा अरु प्रदेशबाट दूग्धजन्य पदार्थ, तरकारी र मासु ल्याउन रोक



पी बी खड्का

कर्णालीमा अरु प्रदेशबाट दूग्धजन्य पदार्थ, तरकारी र मासु ल्याउन रोक

सुर्खेत : कर्णाली प्रदेश सरकारले बाहिरबाट आउने दुग्धजन्य पदार्थ र तरकारी तथा फलफूलहरुमा रोक लगाएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले अर्को व्यवस्था नहुने बेलासम्म अर्को प्रदेशबाट आउने दुध र दुग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा सरकारले गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले थप कडाई गरेको जनाईएको छ।

विपद व्यवस्थापन समितिले गरेका निर्णयहरु

प्रदेश सरकार, प्रदेश विपद व्यवस्थापनबाट हालसम्म भएका निर्णयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गरियो। नेपाल सरकारले घोषणा गरी लागू भैरहेको लकडाउनलाई वढी प्रभावकारी बनाउन कडाइकासाथ पालना गर्ने गराउने। यसको लागि विशिष्ठ प्रयोग बाहेकका सवारी साधनहरुको आवागमनमा पूर्णरुपमा रोक लगाउने।

कोरोनाको रोकथाम र नियन्त्रणलाई मध्यनजर राख्दै लकडाउनको पालनाको लागि वढी जनशक्ति प्रयोग हुने वाहेकका सीमित जनशक्तिबाट नियन्त्रित रुपमा मेसिन औजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरुलाई सञ्चालन हुन दिने। 

भारत लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याव टेष्ट गर्ने र नयाँ आउने व्यक्तिहरुलाई तोकिएको अवधिभर अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।

छिमेकी प्रदेश र जिल्लाबाट मानिस भित्रिने कपुरकोट, कालिमाटी, बबई, पञ्चपुरी कुइने र चौकुने नाकामा थप सुरक्षा प्रवन्ध गर्नुपर्ने भएकोले सशस्त्र प्रहरीले आवश्यक व्यवस्था मिलाउने।

वन्दावन्दी (लकडाउन) को समयमा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति तथा परिवार र अन्य जिल्लाबाट अध्ययनको लागि आएका विद्यार्थीहरु परिहचान गरी राहत वितरणलाई व्यवस्थित गर्ने ।

अहिलेको समयमा गाउँघरमा मौसमी बाली भित्र्याउने तथा बाली लगाउने समय भएकोले खेताला तथा श्रमिक प्रयोग नगरी गर्न सकिने बाली भित्र्याउने तथा बाली लगाउने कार्यहरू गर्न दिने।

वीरेन्द्रनगर नगरपालिकाको खुलामञ्चमा नेपाली सेनाको व्यवस्थापनमा स्थापना र सञ्चालनमा रहेको क्वारेन्टाईनमा संघीय मापदण्ड आउनु पूर्वदेखि राखिएका समूहका लागि (क्वारेन्टाईनमा राख्नुपूर्व होटलमा व्यवस्थापन गरिएका समेत) खाना तथा अन्य वन्दोबस्ती खर्चको लागि नेपाली सेनाको उत्तरपश्चिम पृतनाको लागत अनुमान अनुसार भएको सम्पूर्ण खर्चको भुक्तानीका लागि पृतनाले व्यस्था मिलाउने र त्यसको लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट बजेट उपलब्ध गराउने।

तोकिएको बन्दाबन्दी (लकडाउन) को अबधिमा कुनै पनि मार्गबाट प्रदेश भित्र प्रवेश नगर्न सवै आम जनसमुदायलाई आग्रह गर्ने। छिमेकी प्रदेशलाई समेत आफ्नो प्रदेशको मार्ग प्रयोग गरी यस प्रदेशमा स्वीकृति प्राप्त व्यक्तिबाहेक अरूलाई प्रवेशमा रोक लगाउन अनुरोध गर्ने,  साथै माथिको आग्रहलाई बेवास्ता गरी प्रदेशभित्र प्रवेश गर्ने जोकोही व्यक्तिले अनिवार्य रूपमा तोकिएको अबधिसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सूचना गर्ने र सो अनुसारको व्यवस्था मिलाउने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell