PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

यसरी हुन्छ कोरोनाको र्‍यापिड टेस्ट, २० मिनेटमा रिजल्ट

यसरी हुन्छ कोरोनाको र्‍यापिड टेस्ट, २० मिनेटमा रिजल्ट

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : ललितपुर महानगरपालिकाले महानगर भित्र चैत महिनामा विदेशबाट आएकाहरुमा कोरोना भाइरसको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु गरेको छ।

जस अन्तर्गत महानगरले आज ललितपुरको जावलाखेल र लगनखेलमा र्‍यापिड टेस्ट गर्‍यो। यी दुई स्थान गरी कूल ७७ जनाको र्‍यापिड टेस्ट गरिएको थियो।

परीक्षण केन्द्रमा र्‍यापिड टेस्ट गर्न पुगेकाहरुसँग उनीहरुको नाम, बस्ने स्थान, फोन नम्बर टिपिएको थियो। यस्तै उनीहरुको ट्राभल हिस्ट्रीसमेत रेकर्ड गरिएको थियो।

विवरण दर्ता गराएपछि उनीहरुलाई नम्बर दिइ परीक्षण गरिएको थियो। उनीहरुको रगतको नमूना संकलन गरी टेस्ट किटमार्फत परीक्षण गरिएको थियो।

यसरी गरिएको द्रुत परीक्षणको नतिजा १५ देखि २० मिनेटमा आउने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले बताए।

आज गरिएको परीक्षणमा कसैमा कोभिड १९ पोजिटिभ नदेखिएको बताइएको छ।

महानगरले बुधवार धापाखेल र वुङमतीमा र्‍यापिड टेस्टबाट परीक्षण गर्ने तयारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell