PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विश्व स्वास्थ्य संगठन चीन परस्त भएको ट्रम्पको आरोप, दिए अमेरिकी फन्ड रोक्ने निर्देशन



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठन चीन परस्त भएको ट्रम्पको आरोप, दिए अमेरिकी फन्ड रोक्ने निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले उपलब्ध गराउने फन्ड रोक्न निर्देशन दिएका छन्। मंगलबारको प्रेस ब्रिफिङमा ट्रम्प स्वयंले यस जानकारी सार्वजनिक गरेका हुन्।

कोरोना भाइरस संक्रमणलाई लिएर डब्लुएचओको समीक्षा भएको र उक्त संस्थाले आधारभूत जिम्मेवारी समेत पूरा गर्न नसकेको ट्रम्पको आरोप रहेको छ। उनले भनेका छन्,'यस विषयलाई लिएर विश्व स्वास्थ्य संगठन जवाफदेही हुन आवश्यक छ।'

ट्रम्पले डब्लुएचओ चीनलाई लिएर पक्षपाती भएको समेत बताए। यसअघि पनि उनले पटक पटक स्वास्थ्य संगठन चीन परस्त भएको बताएका थिए। सामाजिक सञ्जालमा भए चीनले कोरोना भाइरसविरुद्धको लडाइमा गरेको प्रयासहरुको तारिफ समेत गरेका थिए। 

प्रेस ब्रिफिङमा भने चीनकै संक्रमितको संख्या र मृतकको संख्या बारे गलत सूचना सार्वजनिक भएको संकेत गर्दै भने,'डब्लुएचओले दुनियाँलाई कोरोना भाइरस संक्रमण बारे गलत सूचना दिइरहेको छ। ती फर्जी सूचनाकै कारण मानिसहरु मर्ने संख्या बढ्दो छ।' 

डब्लुएचओले चाहेको भए चीनले हजारौं मानिसको ज्यान जोगाउन सक्ने उनको तर्क छ। 

यसअघि ट्रम्पले संयुक्त राष्ट्र संघलाई दिइने फन्डविरुद्ध पनि प्रश्न उठाइ सकेका छन्। त्यस्तै अमेरिकाले वैश्विक जलवायु समझौताबाट पनि अमेरिकालाई अलग गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell