PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सडक खाली छ भन्दैमा अनुमति पाएका सवारी चालकले पनि तिव्र गतिमा नहाँक्नु : प्रहरी



पहिलोपोस्ट

सडक खाली छ भन्दैमा अनुमति पाएका सवारी चालकले पनि तिव्र गतिमा नहाँक्नु : प्रहरी

काठमाडौं : मंगलबार तार्केश्वर नगरपालिकामा बिहान साढे ९ बजेतिर ५० वर्षीय विष्णुप्रसाद चौलागाई साइकलमा ग्यास लिएर जाँदै थिए। विद्यालयका सुरक्षा गार्ड रहेका उनी लकडाउनका कारण विद्यालय बन्द भएपछि घरघरमा ग्यास पुर्‍याउने काम गर्दै आएका थिए।

मंगलबार उनी साइकल डोहोर्‍याउँदै थिए। डाँडागाउँ नजिकै पानी ढुवानी गर्ने बा २ ख ५१७७ नम्बरको ट्याङकर हुत्तिएर आयो। लकडाउनको कारण अरु सवारी साधन चलेका थिएनन्। सडक खाली छ। अत्यआवश्यक ढुवानीका सवारी साधन  मात्र गुडेका छन्।

चौलागाईले चलाइरहेको साइकललाई हुत्तिएर आएको ट्याङ्करले ठक्कर दियो। उनी घाइते भए। अस्पताल त पुर्‍याइयो तर बाँचेनन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्याङकरका चालक २१ वर्षीय गणेश गजमेरले तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको हो। 'खाली सडक भएकाले अहिले तिव्र गतिमा सवारी चलाउने गरेको पाइन्छ। यो घटनाको कारण पनि त्यही हो', महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले भने।

यतिखेर सडकमा साह्रै धिमा गतिमा गाडी कुदेको छ भने त्यो प्रतिघण्टा ६० किमीको रफ्तारमा हुन्छ। सवारीको गति बढी हुँदा भन्दा पनि चालक गैर जिम्मेवार बन्दा सुरक्षाकर्मीलाई चेक गर्न समस्या परिरहेको छ। त्यसैले ( एम्बुलेन्स, दमकल) बाहेक अन्य अत्यआवश्यक सवारी साधनलाई सिमित गतिमा कुदाउन प्रहरीले अनुरोध गरेको छ।

गति कम गर्न प्रहरीले मुख्य मुख्य चोक तथा सुरक्षा चेकिङ हुने स्थानमा चेक प्वाइन्ट बढाएको छ। 'तिव्र गतिका कारण चेक गर्न गाह्रो हुने र दुर्घटना समेत निम्त्याउने देखिएपछि सडकमा चेक प्वाइन्ट बढाएका हौं', महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell