A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995b3b10debc9.48875650): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995b3b10debc9.48875650,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995b3b10e2e69.64905563): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995b3b10e2e69.64905563,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बारीभरि स्ट्रबरी राताम्मे भएपछि शुक्रको प्रश्न- कहिले खुल्छ लकडाउन? रेडियोमा बज्छ गीत: नाईँ मलाई था' छैन
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

बारीभरि स्ट्रबरी राताम्मे भएपछि शुक्रको प्रश्न- कहिले खुल्छ लकडाउन? रेडियोमा बज्छ गीत: नाईँ मलाई था' छैन

बारीभरि स्ट्रबरी राताम्मे भएपछि शुक्रको प्रश्न- कहिले खुल्छ लकडाउन? रेडियोमा बज्छ गीत: नाईँ मलाई था' छैन

सविन ढकाल/पहिलोपोस्ट


नाईँ मलाई था'छैन। के छ तिम्रो मन?

के छ तिम्रो मन बरु सिधै भन…

नाईँ मलाई था'छैन...

छेउमा रहेको रेडियोमा रोमान्टिक गीत बजिरहेको छ। ७३ वर्षीय शुक्र तामाङको मन भने गीतसँगै रमाउन सकेकै छैन। उनका औंला नाचिरहेका छन्, बारीमा। विरुवासँगै। उनी स्ट्रबेरीका विरुवा स्याहारिरहेका छन्।

नुवाकोटको ककनीमा आफैँले लगाएको स्ट्रबरी बारीमा उनी दिनहुँ यसरी नै रेडियो लिएर पुग्छन्। अनि रेडियो घन्काएर आफ्नै सुरले धन्दामा लाग्छन्।

'समाचार पनि सुनिन्छ। केके बजिरहन्छ बजिरहन्छ सुनिराख्छु। बारीमा एक्लो महसुस हुँदैन नि,' शुक्रले हाँस्दै सुनाए।

सोमबार (आज) बाट उनी ७३ वर्ष पुग्ने दिन। बसीबसी खाने उमेर भयो तर परिस्थितिले दिएन। सानैमा बिहे भयो। जीवनभर सँगै बिताउने बाचा कसम खाएर ल्याएकी श्रीमती आधा उमेरमै बितिन्।

६ जना छोराछोरीका बाउ भइसकेका थिए शुक्र। तर, बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि भन्ने उखानझैं भयो उनका लागि। छोराछोरी एकएक गर्दै लाखापाका लागे। शुक्र फेरि एक्लिए। अनि ६२ वर्षको उमेरमा फेरि घरजम गर्ने सोचे।

दोस्रो बिहे भयो। छोरा जन्मियो। अहिले छोरा १२ वर्षको भइसक्यो।

'श्रीमती बिते छोराछोरी पनि साथमा भएनन्। ६२ वर्षको उमेरमा फेरि बिहे गरेँ। एक वर्ष नबित्दै छोरा जन्मियो।' यसो भनिरहँदा उनी लजाएको प्रस्टै देखिन्थ्यो।

श्रीमती र एउटा सन्तान फेरि हुर्काउन पर्ने भयो। अनि उनले जीविकोपार्जनका लागि खेती नै रोजे। तीन जनाको परिवार अहिले स्ट्रबरी खेतीमा लागेको छ। पाँच वर्ष बढी भइसक्यो उनले ककनीमा यसको खेती गर्न थालेको। प्रत्येक वर्ष उनले ऋण लिएर भए पनि विस्तार गर्दै लगेका छन्। यसपाला मात्र उनले २० हजारभन्दा बढी स्टेबेरीका बोट लगाएका थिए।

तर, २० दिनदेखि देश लकडाउनमा छ। शुक्र पनि यही लकडाउनको मारमा परेका छन्। बारीमा स्ट्रेबरी राताम्मे भइसके। लिन आउने कोही भएनन्। पाकेको भूईँफल त्यहीँ झरिरहेको छ।

'कहाँ तपाईँहरुले अहिले यसरी रातो स्टबेरी देख्न पाउनुहुन्थ्यो र?,' उनले सुनाए, 'लकडाउन नभएको भए यसरी रातो हुनै पाउँदैन थियो नि।'

करिब तीन सातादेखि शुक्रको बारीमा व्यापारीले पाइला टेकेका छैनन्। स्ट्रेबरी बारीबाट नटिपिँदा घर चलाउने पीर थपिएको छ। लगानी नउठ्ने चिन्ताले खाइरहेको छ।

भदौमा रोपिएको बिरुवाले मंसिरबाट फल दिन थाल्छ। वैशाखसम्म रामै फल दिन्छ। फागुन र चैतमा सबैभन्दा धेरै फल लाग्ने। शुक्रले लगाएको स्ट्रेबरी खेतीमा सुरुको महिना दैनिक ३० केजी स्ट्रबेरी उत्पादन गर्ने गरेको उनले सुनाए।

माघ, फागुन, चैत महिनामा एकैदिन ६० देखि सय केजीसम्म निस्किन्छ। तर, बढी उत्पादन हुने समयमा लकडाउनको कारण बारीमै कुहिएर गएपछि उनी निराश छन्।

'अहिले नै सबैभन्दा धेरै बिक्री भएर लगानी उठाउनु पर्ने हो। तर, अहिले यस्तो हालत छ। यसपटक लगानी पनि उठ्दैन,' निराश सुनिए शुक्र।

बारीमा काम कम हुने भएपछि शुक्रले दैनिक ज्यालादारी गर्दै आएका मानिसलाई पनि काम दिन सकेका छैनन्। घण्टाको सय रुपैयाँका दरले स्ट्रेबरीको हेरचाहको लागि मानिस राखेका थिए। व्यापार नै नभएपछि उनीहरुलाई छुट्टी दिएका छन्।

तर, पार्वती राई भने बारीको छेउमा अर्को सिजनका लागि बेर्ना तयार पार्न प्लास्टिकका साना थैलीमा माटो भर्दै थिइन्। सय पोकामा विरुवा सार्दा ७५ रुपैयाँ हात पर्छ उनको।  

'लकडाउनले बेहाल छ। यसो अलिअलि काम पाएर गरेको,' राईले भनिन्।

शुक्रले स्ट्रेबरी चार ग्रेडमा छुट्याउँदै दुई सय रुपैयाँ प्रतिकेजीदेखि साढे ३ सय रुपैयाँसम्म बिक्री गर्थे। २ सयका दरले पनि दैनिक ५० केजी बिक्री गर्दा १० हजार रुपैयाँ आउँथ्यो। तर, अहिले ठप्प छ। अर्को पटकको स्ट्रबेरी खेतीका लागि लगानी जुटाउन उनलाई तनाव छ।

व्यापारी नआए पनि बारीमा स्ट्रबेरीको स्याहार सुसार गर्न भने छाडेका छैनन्। उनमा अझै आशा छ चाँडै लकडाउन खुल्ला, अनि बाँकी स्ट्रबेरी बिक्ला।

सरकारले केही निर्णय गर्ला भनेरै रेडियो सुनिरन्छन्। उनको एउटै जिज्ञासा लकडाउन कहिले खुल्ला?

रेडियोमा भने बीचबीचमा गीत बज्छ – नाईँ मलाई था'छैन… ।



ट्रेन्डिङ पोस्ट

Ncell