PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विश्वभर पछिल्लो २४ घण्टामा थपिए कोभिड-१९ का ६० हजार बढी संक्रमित



पहिलोपोस्ट

विश्वभर पछिल्लो २४ घण्टामा थपिए कोभिड-१९ का ६० हजार बढी संक्रमित
Photo: coronavirus.jhu.edu/map

कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख ८० हजार ३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख २६ हजार ५३९ जनाको मृत्यु भएको छ

सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ६ लाख ८ हजार ३७७ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४८८, जर्मनीमा १ लाख ३२ हजार २१०, बेलायतमा ९४ हजार ८४५, चीनमा ८३ हजार ३२१ तथा इरानमा ७४ हजार ८७७ जना संक्रमित भएका छन्।

यसैगरी कोभिड-१९ का कारण अमेरिकामा सबैभन्दा धेरै २५ हजार ९८१ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९, बेलायतमा १२ हजार १०७, इरानमा ४ हजार ६८३ र चीनमा ३ हजार ३४५ जनाको मृत्यु भएको छ।

यसैगरी कोभिड-१९ बाट संक्रमित भएकामध्ये ४ लाख ८५ हजार ६७४ जना निको भएका छन्। जसमा सबैभन्दा बढी चीनमा ७८ हजार २०४ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell