PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

एसियाली फुटबल संघद्वारा सम्पूर्ण खेल स्थगित



पहिलोपोस्ट

एसियाली फुटबल संघद्वारा सम्पूर्ण खेल स्थगित

काठमाडौं: एसियाली फुटबल संघ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो।

यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो। विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ।

यसअघि एएफसीले मार्च र अप्रिल महिनाका लागि तय गरिएका प्रतियोगिता पनि स्थगित गरेको थियो। सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा संघसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell