PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बिहानैदेखि सडकमा मानिसहरु : अटेर कि बाध्यता ?



पहिलोपोस्ट

बिहानैदेखि सडकमा मानिसहरु : अटेर कि बाध्यता ?

काठमाडौं : २२ दिनदेखि प्रहरी एउटै ड्युटी छ। खटिने स्थान पनि खासै फरक छैन। उही सडक र तिनै गल्ली। सडकमा नै प्लास्टकको डोरीले बेरेर होल्डिङ एरिया बनाउनु अनि बाहिर निस्किएकालाई त्यहाँ होल्ड गराउनु। प्रहरीको दैनिकीमा थपिएको जिम्मेवारी अर्थात् खुल्ला आकासमुनिको हिरासत।

बिहान ६ बजेदेखि नै प्रहरीको ड्युटी सडकमा मानिसहरुलाई निस्किन नदिनु हो। अत्यावश्यक काम बाहेक निस्किएकालाई होल्डिङ एरियामा लगेर राख्ने गर्छ। प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई करिब तीन घण्टासम्म सडकमा नै उभ्याउँछ। सरकारले लकडाउनको समय लम्बाएर वैशाख १५ गतेसम्म पुर्‍याएको छ। सडकमा हिँडे कारबाही हुन्छ। तर पनि मानिस सडकमा हिँड्ने क्रम घटेको छैन। हरेक दिन समातिनेको संख्या बढेकै छ।

आज बिहानै पनि काठमाडौं उपत्यकाभित्रबाट २ हजार ३८ जनालाई नियन्त्रणमा लिएको छ प्रहरीले। २ सय ५३ वटा सवारी साधन पनि छन्। प्रत्येक बिहान यही सङ्ख्यामा मानिसलाई नियन्त्रणमा लिने गर्छ। के मानिसले अटेरी गरेका हुन् वा उनीहरुको बाध्यता हो यो?

'दैनिक लकडाउन उल्लंघन गर्नेको सङ्ख्या बढेको देखिन्छ। यसमा प्रहरीको सक्रियता पनि हो। हाम्रो लागि होइन आफ्नै लागि हो भनेर घरमा नै बस्नु राम्रो हो,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell