
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिँडेर जान बाध्य मजदुरलाई घर पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
लामो लकडाउनले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा काम गर्ने मजदुरहरु पैदलै लामो दुरीमा हिँडेर गइरहेका बेला थापाले बुधबार ट्वीटरमार्फत घरपुग्ने व्यवस्था मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्।
थापाले कि जहाँ छ त्यहीँ आवश्यक व्यवस्था गरि राख्नुपर्ने र नभए घर पुग्न सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
सरकार भावनामा बगेर निर्णय हुंदैन भन्छ।तर,काम नपाएर,खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन?उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्नोस।यति भावनारहित हुनुभएन @kpsharmaoli pic.twitter.com/lq5gZ8zXS8
— Kamal Thapa (@KTnepal) April 15, 2020