A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69971b2433d7d7.26787816): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69971b2433d7d7.26787816,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69971b24341560.12813602): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69971b24341560.12813602,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै, भन्छन् : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै, भन्छन् : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु



कमलराज भट्ट

घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै, भन्छन् : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु

काठमाडौं : घरमा आमा बितेको खबर पुगेपछि दुई दिन यता वासुदेव भट्टका आँखा ओभानो छैन। सँगै रहेका साथीहरुले ढाड्स दिए पनि उनी सम्हालिन सकिरहेका छैनन्। उनको एउटैमात्र ध्येय छ, जसरी नि आमाको काजक्रिया गर्न घर पुग्ने।

वासुदेवलाई थाहा छ उनका लागि सीमा नाकामा रहेको पुलको ढोका खुल्नेवाला छैन। त्यसैले उनले महाकालीमा पौडी खेलेर भए पनि घर जाने सोच बनाएका छन्। तर, तगारो बनेको छ भारतीय प्रहरी।

'भारतीय प्रहरीले पौडी खेलेर घर फर्कँन हामी दिन्नौं भन्दैछन्, ' दार्चुला पारीको भारतीय बजार बलुवाकोटबाट फोनमा वासुदेवले भने, 'मलाई काजक्रिया घर फर्कँन कसले सहयोग गर्ला?'

प्रश्नसँगै उनी फोनमै रुन थाले।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव दुई दिनदेखि कसरी सकिन्छ घर फर्कँने सुरमा छन्। उनले यसबीचमा दार्चुला जिल्ला प्रशासन, जिल्ला प्रहरीदेखि गाउँको प्रहरी चौकीलाई समेत गुहारेका छन्। तर, अहिलेसम्म कुनै मेलो मिलेको छैन।

'लकडाउनमा पुल खोल्न अनुमति छैन, कसरी सहयोग गर्नु? हामी सक्दैनौं भन्छन्,' वासुदेवले भने, 'म त पौडी खेलेरै भए पनि घर फर्कँन्छु।'

घरमा आमा बितेको मङ्गलबार साँझ खबर पाएका हुन् उनले। उनलाई घरबाट काजक्रिया गर्न आउनु पर्‍यो भन्ने खबर आएको थियो। घरमा जसरी पनि आउने त बताएका छन् तर उपाय मिलेको छैन। उनले भारतीय प्रहरीलाई समेत गुहारिसकेका छन्। 'भारतीय प्रहरीले तिम्रो देशमा पुलको ताला खुलाउन पहल गर, हामी यता त जतिबेला नि खोलिदिन्छौँ भनेका छन्,' उनले भने। पुलको ताला खोल्न कसरी कसलाई भनेर पहल गर्ने उनीसित उपाय छैन।

मङ्गलवार वासुदेवकी आमा गौमतीलाई एक्कासी बिसन्चो भयो। गाउँलेले सीमार स्वास्थ्य चौकी पुर्‍याए। त्यहीँ गौमतीले प्राण त्यागिन्। रोग के हो पत्तो भएन। ५५ वर्षको उमेरमै उनको ज्यान गयो।

'एकै छिनमा मुर्छा पर्नुभयो रे, अस्पताल लैजाँदा बित्नुभएछ,' उनले भने।

उनका दाजु भारतको बेङ्गलोरमा छन्। वासुदेव भारतको धारचुलामा सडक निर्माणमा खटिएका थिए। उनलाई यसरी लकडाउन होला भन्ने हेक्का नै भएन।

'दैनिक ज्यालादारीमा काम गर्थेँ, महामारी नै फैलिए घर जाउँला भन्ने सोचेको थिएँ। एक्कासी पुल बन्द भयो,' उनले भने, 'ठेकेदारको पत्तो छैन, गोजी रित्तो छ। भोकभोकै मरिएला जस्तो भएको छ।'

वासुदेव तीन सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। उनीसँगै झण्डै १ सय ४० जना अरु नेपालीलाई राखिएको छ। 'क्वारेन्टाइन त के भन्नु, एउटा हलमा कोचाकोचमा बस्न खान परेको छ,' उनले भने। अहिले भने उनले साथभाइको आग्रहमा कपाल खौरिएका छन्। अलग्गै बस्ने ठाउँ भने भेट्टाएका छैनन्। 'यस्तो भिडभाडमा कसरी काजकिरिया गर्नु?,' वासुदेवले पीडा सुनाए।

'अरु त केही दिन सकिएन आमालाई। यत्ति काजकिरिया गर्न पाए आमाको आत्मालाई शान्ति मिल्थ्यो की?' यही सम्झेर बासुदेवको मन भतभती पोलिरहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell