PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, संक्रमित बसेको 'ब्लक ए' बाट परीक्षण हुँदै

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, संक्रमित बसेको 'ब्लक ए' बाट परीक्षण हुँदै

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएर बसिरहेका दुईजनामा कोभिड१९ पोजिटिभ देखिएसँगै अपार्टमेन्टमा बस्नै सबैजनाको र्‍यापिड टेस्ट गर्न सुरु गरिएको छ।

चैत ५ गते बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको थियो। यद्यपि, पिसिआरबाट परीक्षण गर्दा  ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उक्त परीक्षणमा ५१ वर्षीया बुहारीमा भने कोभिड १९ नेगेटिभ पाइएको थियो।

दुईजनामा संक्रमण देखिएसँगै सनसिटीमा बस्दै आएका अधिकांश व्यक्तिहरुले आफूहरुको पनि परीक्षण गराउन माग गरेका थिए। त्यसै अनुरुप कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य मन्त्रालयको सहयोगमा र्‍यापिड टेस्ट गर्न सुरु गरेको हो।

संक्रमित परिवार सनसिटीको 'ब्लक ए' को १५ औं तल्लामा बस्दै आएका थिए। पहिलो चरणमा 'ब्लक ए' मा बस्दै आएकाहरुबाट परीक्षण सुरु गरिएको छ।

उक्त अपार्टमेन्टमा हाल करिब १ हजार १ सय मानिस छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell