PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कहाँ पुग्यो कोरोनाविरुद्ध सेनाले औषधि र स्वास्थ्य सामग्री ल्याउने काम?



सविन ढकाल

कहाँ पुग्यो कोरोनाविरुद्ध सेनाले औषधि र स्वास्थ्य सामग्री ल्याउने काम?
यसअघि नेपालमा औषधि पठाउने तयारी गर्दै गरेको चिनियाँ। फाइल फोटो

काठमाडौं : चैत १९ गते सरकारले ओम्नी ग्रुपसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याउने सामानको खरीद सम्झौता रद्द गरेको घोषणा गर्‍यो। समयमा नै सामाग्री नल्याएको भन्दै सम्झैता रद्ध गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले औपचारीक रुपमा नै जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले ‍औपचारिक रुपमा जानकारी दिएसँगै समान खरीदको जिम्मेवारी नेपाली सेनाले पायो। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरनाभाइरस रोकथाम र उपचारको लागि आवश्यक औषधी उपकरण स्वास्थ्य मन्त्रायलको समन्यमा रक्षा मन्त्रालयले नेपाली सेना मार्फत् खरीद गर्ने निर्णय गर्‍यो।

निर्णय भएकै दुई साता बितिसकेको छ। तर, सामाग्री आइसकेको छैन। कहाँ रोकियो प्रकृया? के भइरहेको छ?

मंगलावार मात्रै परराष्ट्र मन्त्रालय, नेपाली सेनाका प्रमुख, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको समन्वयमा खरीद गर्न लागिएका सामाग्रीको लिस्ट परिमार्जन गरिएको छ।

सुरुमा तयार पारिएको खरीद सामाग्री परिणाम धेरै भएको र बजेट अनुसार हुन नसक्दा लिस्ट परिमार्जन गरिएको हो। परिमार्जित लिस्टअनुसार सामाग्री खरीद गर्न सम्बन्धित देशमा जानकारी पठाइएको छ। परिमार्जित लिस्ट अनुसारका सामाग्रीको सूची तयार पार, त्यसको जानकारी पठाउ, भए नभएको तय गर अनि मात्र ल्याउने प्रकृया अघि बढाउ - रफ्तार चलिहरेको छ। दुई सातामा भएको उपलब्धी यही हो।

सेनाले मन्त्रिपरिद्को निर्णय अनुसार सामाग्री खरिद गर्न सर्वपक्षीय खरीद एकाइ गठन गरेको थियो। पहिलो प्राथमिकता के के ल्याउन सूची तयार पारिएको हो।

'खरीद सामग्रीको सूची परिमार्जित गरेका छौं। सम्बन्धित देशमा पठाएका छौं। उताबाट जानकारी आएपछि तीब्र गतिमा बढ्छ,' नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

चार वटा समूहमा वर्गीकरण गरेर सामाग्री नेपाल ल्याउन लागिएको उनले जानकारी दिए। चार समूहमा ९६ खाले सामग्री ल्याउने तयारी भएको छ। परराष्ट्रको समन्वयमा पहिलो चरणमा नेपाली सेनाले भारत र चीनबाट स्वास्थ्य सामाग्री ल्याउन लागेको हो। भारबाट नेपाली दुतावासको समन्वयमा र चीनमा भने गोन्जाओबाट सामान ल्याउने तयारी भइरहेको छ। तर सामान कसरी? कुन जहाजबाट ल्याउने भन्ने विषयमा छलफल नभइसकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

'सामाग्रीको लिस्ट पाठाएका छौं। त्यसपछि उताको जवाफ आएपछि कसरी ल्याउने भन्ने विषयमा छलफल गरेर प्रकृया अगाडि बढ्छ,' प्रवक्ता पाण्डेले भने।

पहिलो चरणमा चीन र भारतबाट स्वास्थ्य सामाग्री ल्याउन लागिएको हो। तर, नेपाली सेनाले रक्षा मन्त्रालय मार्फत् यी दुई देश बाहेक इजरायल, सिंगापुर र दक्षिण कोरियासँग पनि खरिदको लागि पत्रचार गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell