PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सनसिटी अपार्टमेन्ट 'ए' ब्लकका २९८ जनाको र्‍यापिड टेस्ट, सबैको परीक्षण नतिजा नेगेटिभ



पहिलोपोस्ट

सनसिटी अपार्टमेन्ट 'ए' ब्लकका २९८ जनाको र्‍यापिड टेस्ट, सबैको परीक्षण नतिजा नेगेटिभ

काठमाडौँ: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएर बसिरहेका दुई जनामा कोभिड १९ पोजिटिभ देखिएसँगै अपार्टमेन्टको ए ब्लकमा बस्ने  सबैको र्‍यापिड टेस्ट गरिएको छ। २९८ जनाको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ।

'बुधबार बिहानदेखि २९८ जना टेस्ट गरिएको थियो। सबैको परीक्षण नेगेटिभ आएको हामीलाई जानकारी आएको छ।' कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी (सिम्खडा) ले भनिन्।

अन्य ब्लकमा बस्ने शंकास्पदको मात्र परीक्षण गरिने भएको छ। 'अहिलेलाई टेस्ट किट सकियो। अब शंकास्पदको मात्र परीक्षण हुन्छ।' उपमेयर पुडासैनीले भनिन्।

कोरोना संक्रमण देखिएको परिवारमा काम गर्ने दुई  जनाको पनि नतिजा नेगेटिभ देखिएको छ। अपार्टमेन्टमा पाँच सय परिवार बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell