PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्



पहिलोपोस्ट

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

काठमाडौँः पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्टबाट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको पूर्ण परीक्षण नतिजा नेगेटिभ आएको छ। र्‍यापिड टेस्टमा तीन जनाकै नतिजा पोजेटिभ देखिएको थियो।

बुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनमध्ये एकको नतिजा नेगेटिभ आएको बताए। दुई जनाको भने यसअघि पोजेटिभ नतिजा आइसकेको छ।

त्यस्तै सोही परिवारसँग बस्दै आएका दुई जनाको पनि र्‍यापिड टेस्ट नेगेटिभ आएको हो।  अपार्टमेन्टको ए ब्लकमा बस्ने सबैको बुधबार टेस्ट गरिएको हो। २९८ जनाको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ।

बुधबार नयाँ संक्रमित नथपिएको जानकारी मन्त्रालयले दिएको छ। र्‍यापिड टेस्टमा भने केही जिल्लामा पोजेटिभ नतिजा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell