PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

आरडीटी पोजेटिभ देखिँदैमा नआत्तिन चिकित्सकको आग्रह



पहिलोपोस्ट

आरडीटी पोजेटिभ देखिँदैमा नआत्तिन चिकित्सकको आग्रह

काठमाडौँः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिँदैमा नआत्तिन आग्रह गरेका छन्।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. पाण्डेले आरडीटी पोजेटिभ देखिने बित्तिकै मानिसहरु डराउने भयभित हुने, एम्बुलेन्स चालकले बोक्न नमान्ने देखिएको भन्दै यसबाट डराउनु नपर्ने बताए। तर सुरक्षित हुन भने उनले आग्रह गरे।

'कुनै व्यक्तिलाई ४० दिनमा पोजेटिभ आएको छ। यसको मतलव कुनै समयमा कोभिड १९ भएको हो। तर अहिले उहाँ रोग सार्ने अवस्थामा हुनुहुन्न। त्यसैले आरडीटी पोजेटिभ हुने बित्तिकै हामीले चिन्ता गरेर अहिले नै रोग सार्छ भन्ने लिनु हुँदैन' पाण्डेले भने।

धादिङको ज्वालामुखी गाउँपालिका ३ का एक युवकलाई मंगलबार आरडीटी पोजेटिभ देखिएको थियो। उनलाई एम्बुलेन्सले समेत बोक्न मानेको थिएन। एम्बुलेन्सले बोक्न अस्वीकार गरेपछि ती युवा मोटरसाइकलबाट अस्पताल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell