PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

भारतबाट आएका रुकुमपश्चिमका दुई जनामा कोरोना आशंका, पीसीआरमा देखियो शंकास्पद लक्षण



पी बी खड्का

भारतबाट आएका रुकुमपश्चिमका दुई जनामा कोरोना आशंका, पीसीआरमा देखियो शंकास्पद लक्षण

सुर्खेत : भारतबाट आएका रुकुमपश्चिमका दुई जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)को आंशका गरिएको छ।

धनगढीस्थित गरिएको पीसीआर परीक्षणमा शंकास्पद लक्षण देखिएपछि पुनः परीक्षणका लागि स्वाबको नमुना केन्द्रीय प्रयोगशालामा पठाईएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन्।

‘भारतबाट आएका दुई जनामा शंकास्पद लक्षण देखिएको छ,’ उनले भनिन्,‘पुनः परीक्षणका लागि स्वाबको नमुना केन्द्रीय प्रयोगशाला काठमाडौंमा पठाएका छौँ।’

रुकुमपश्चिमबाट संकलन पठाईएको स्वाबको नमुनामध्ये दुई वटामा शंकास्पद लक्षण देखिएको हो। स्वाबको नमुना धेरै भएपछि परीक्षणका लागि धनगढी पठाईएको थियो। होम क्वारेन्टिनमा बसेका उनीहरुको घरपरिवार सवैको स्वाब संकलन गर्न प्राविधिकसहितको टोली रुकुम जाने निर्देशक भण्डारीले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell