PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा वडा सचिवसहित तीन जना पक्राउ



एम बम

किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा वडा सचिवसहित तीन जना पक्राउ

कैलाली : कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक वडा सचिवसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ४ का सचिव रामकुमार चौधरीसहित ३ जना १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय मङ्गल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरी पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बाख्रा चराउन गएकी ती युवतीलाई मङ्गलवार साँझ बजार जाऊँ भन्दै प्रलोभन देखाएर जबरजस्ती करणी गरेको खुल्न आएको बताए। ‘तीन जनाले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाऊ भनी लगेर भजनी नगरपालिका वडा नम्बर ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिणतर्फ रहेको झाडीमा डर, त्रास, धाक धम्की देखाई जबरजस्ती करणी गरेको बुझिएको छ,’ उनले भने।

कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell