PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

स्वास्थ्यमन्त्रीलाई गगनको आग्रह: संकटको बेला विरामी नलिने अस्पतालमाथि कारवाही गर्ने हिम्मत राख्नुस्



पहिलोपोस्ट

स्वास्थ्यमन्त्रीलाई गगनको आग्रह: संकटको बेला विरामी नलिने अस्पतालमाथि कारवाही गर्ने हिम्मत राख्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले संकटका बेला विरामी नलिने अस्पतालमाथि कारवाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आग्रह गरेका छन्।

कांग्रेसको छाया सरकारका स्वास्थ्यमन्त्री समेत रहेका थापाले राज्यबाट छुट लिएर राज्यलाई संकट परेका बेला सेवा नदिने अस्पताललाई कारवाही गर्ने हिम्मत स्वास्थ्य मन्त्रीले बताए।

थापाले अहिले महाव्याधि कोरोना भाइरसको संकटका बेला केही मेडिकल कलेज वा मेडिकल संस्थानहरुले राम्रो काम पनि गरेको र उनीहरुलाई सम्मान पनि गर्नुपर्ने बताए।

'एउटा अस्पतालले स्वास्थ्य उपकरणमा सबै भन्सार छुट पाउँछ। राज्यको बजेटमै अस्पताल खोल्न चाँहेमा उपकरणमा छुट दिइने उल्लेख हुन्छ। गाडीमा, एम्बुलेन्समा छुट दिइन्छ,' थापाले एपीवान एचडीसँगको अन्तर्वार्तामा भने, 'त्यो सबै सेवामा छुट किन दिइएको भन्दा आपतको बेलामा सरकारले भनेअनुसार सेवा दिने भनेर हो। सरकारले भनेअनुसार सेवा दिने भनेर छुट लिने, अहिले आपत पर्दा मुठ्ठी कसेर बस्ने हो भने त्यस्तालाई कारवाही गर्ने हिम्मत स्वास्थ्य मन्त्रीले मन्त्रालयले गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell