A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a72f2c6c29c24.60650921): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a72f2c6c29c24.60650921,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a72f2c6d9fc51.82543025): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a72f2c6d9fc51.82543025,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भेरी-बबई डाइभर्सनः ‘ब्रेकथ्रु’को एक वर्षमा दश प्रतिशत काम, लकडाउनले आयोजना प्रभावित
PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

भेरी-बबई डाइभर्सनः ‘ब्रेकथ्रु’को एक वर्षमा दश प्रतिशत काम, लकडाउनले आयोजना प्रभावित



पी बी खड्का

भेरी-बबई डाइभर्सनः ‘ब्रेकथ्रु’को एक वर्षमा दश प्रतिशत काम, लकडाउनले आयोजना प्रभावित

सुर्खेतः राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पहिलो चरणको सुरुङमार्ग ‘ब्रेकथ्रु’ भएको एक वर्ष पुग्यो। गत वर्ष बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच स्वीच थिचेर सुरुङमार्ग ब्रेकथ्रु गरे। यो एक वर्षको अवधिमा दश प्रतिशत काम भएको छ।

निर्धारित समयभन्दा एक वर्षअघिनै सुरुङमार्ग सकिएको आयोजना लकडाउन हुनुपूर्व बाँकी काम पनि धमाधम भइरहेको थियो। तर, कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरेपछि आयोजनाको काम प्रभावित बनेको छ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसन (टिबिएम) मार्फत १२.२ किलोमिटर सुरुङ छिचोलिएको आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण र विद्युत् गृह निर्माणका लागि गत मंसिर १६ गते शिलान्यास गरेर काम अघि बढाइएको थियो। आयोजनास्थल चिप्लेस्थित भेरी नदीमा कफर ड्याम (नदीको बहाव फर्काउने बाँध) को काम भइरहेको छ। सुरुङमार्गको फिनिसिङलगायतका काम रोकिएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए।

‘हेडवर्क्स कफर ड्यामको काम भइरहेको छ। त्यहाँ धेरै जनशक्ति हुनुनपर्ने हुँदा निकै सतर्कता अपनाएर काम भइरहेको छ’, उनले भने, ‘लकडाउनले गर्दा अरु काम रोकिएको छ। ड्यामको काम वर्षातमा गर्न नसकिने हुँदा सकेसम्म अहिले नै सक्नुपर्छ।’

आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको काम रमण–ग्वाङ्डोन जेभीसँग सम्झौता भइ सुरु गरिएको हो।

निर्माण कम्पनीले सम्झौता भएलगत्तै दोस्रो चरणको काम अन्तर्गत क्याम्प निर्माण,  क्रसर प्लान्ट,  ब्याचिङ प्लान्टको काम र सुरुङ फिनिसिङ अन्तिम चरणमा पुगेको इन्जिनियर पण्डितले बताए।

‘ड्याम साइटमा अहिले ५०/६० जना कामदारले काम गरिरहेका छन्’, उनले भने, ‘दोस्रो चरणको क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट र सुरुङ फिनिसिङको काम अन्तिम चरणमा छ। लकडाउन नभएको भए सायद यी संरचनाको काम सकिन्थ्यो।’

उनका अनुसार आयोजनाको सुरुङ ब्रेकथ्रु’पछि झण्डै दश प्रतिशत काम भएको छ। आयोजनास्थलमा अहिले टाढाका कामदार र गाडी/मेसिन चलाउने अपरेटर गरेर ५०/६० जनाले मात्रै काम गरिरहेका छन्। आवश्यक सिमेन्ट लगायतका सामग्री ल्याउन नसक्ने हो भने अब काम बन्द गर्नुपर्ने अवस्था आउने पण्डितको भनाई छ।

‘लकडाउन लम्बिँदै जाँदा आवश्यक सामान पनि सकिँदै जान्छ’, उनले भने, ‘आवश्यक पर्ने सिमेन्टलगायतका सामान ल्याउन नसक्ने हो भने काम बन्द गर्नुपर्ने अवस्था आउँछ।’

बहुउद्देश्यीय आयोजना भएकाले सामान आपूर्तिमा सरकारले आवश्यक निर्णय लिन सक्ने उनको भनाई छ। विद्युत् गृह र बाँध निर्माणका लागि सिँचाइ विभागले २०७६ साउन १३ मा रमण–ग्वाङ्डोन जेभीसँग ६ अर्व १६ करोडमा ठेक्का सम्झौता गरेको थियो।

टनेल बोरिङ मेसिनमार्फत बबईको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्म १२.२ किमी सुरुङको काम सम्झौता मितिको एक वर्ष अगावै कम्पनीले सकेको थियो।

आयोजना अन्तर्गत भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो, ६ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण हुनेछ। ३३ अर्व १९ करोडमा २०८० सालभित्र निर्माण सम्पन्न हुनेगरि आयोजना अघि बढाइएको छ। आयोजनाबाट ४८ मेगावाट विद्युत् हुने जनाइएको छ। आयोजनाबाट बाँके र बर्दियामा ५१ हजार हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पुग्ने अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell