PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ड्युटी सकेर फर्किएका चिकित्सक कुटिए, प्रहरीले थाल्यो अनुसन्धान



पहिलोपोस्ट

ड्युटी सकेर फर्किएका चिकित्सक कुटिए, प्रहरीले थाल्यो अनुसन्धान
फाइल तस्बिर

काठमाडौः ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यारत चिकित्सक माथि प्रहरीले कुटपिट गरेको छ। बुधवार राती तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। परिचयपत्र र अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरी गाली गर्दै कुटपिट गरेको हो।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। घटनाको छानविन गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ।

'हाम्रा प्रहरीले त्यस्तो काम गरेको भए गलत हो। हामी कारबाहीको दायरामा ल्याउँछौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

बुधवार राति चिकित्सकसँग विवाद भएपछि प्रहरीले लाठी प्रहार गरेका थिए। एसएसपी किरन बज्रचार्यको नेतृत्वमा छानबिन सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell