PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोभिड-१९ संक्रमित १६ जनासँग नजिक भएकाको खोजी कसरी भइरहेको छ? संक्रमण फैलिन रोक्न छैन अर्को विकल्प



सविन ढकाल

कोभिड-१९ संक्रमित १६ जनासँग नजिक भएकाको खोजी कसरी भइरहेको छ? संक्रमण फैलिन रोक्न छैन अर्को विकल्प

काठमाडौं : कोभिड-१९ भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो। त्यसैले संक्रमित व्यक्तिबाट टाढा बस्नु यसबाट बच्ने प्रमुख उपाय। तर, कुनै व्यक्ति संक्रमित भए नभएको पहिचान नहुँदै उसँग सम्पर्क भएको छ भने के गर्ने ? संक्रमित व्यक्तिले को कोसँग भेट्यो भनेर कसरी खोज्ने?

नेपाल अहिलेसम्म १६ जना कोरोना संक्रमित विरामी भेटिएका छन्। उनीहरुसँग सम्पर्कमा आएका मानिसको कन्ट्र्याक ट्रेसिङ भइरहेको छ। तर, यो भनेजस्तो सजिलो छैन। विदेशबाट आएका र आफैमा सचेत संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्न सजिलो छ। तर, भारतबाट आएका, सार्वजनिक सवारी, होटेल प्रयोग गर्नेहरुबाट बढी समस्या देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाल प्रहरी, स्थानीय निकायले अहिले कन्ट्र्याक ट्रेसिङ गरिरहेको छ। महाशाखा र प्रहरीले सक्रियरुपमा ट्रेसिङ गरिरहेको हो।

'हामीले १६ जनाको संक्रमितसँग सम्पर्कमा रहेकाहरुको कन्ट्र्याक ट्रेसिङ गरिरहेका छौं,' महाशाखा प्रमुख डाक्टर वासुदेव पाण्डेले भने।

कसरी हुँदैछ ट्रेसिङ?

कुनै मानिसमा कोरोना संक्रमण भएको प्रमाणित भएपछि महाशाखाले कन्ट्र्याक ट्रेसिङको टीम तयार पार्छ। टीममा चारदेखि पाँच जना सदस्यहरु हुन्छन्। यस टीममा चिकित्सक, पब्लिक हेल्ड एक्सपर्ट लगायत हुन्छन्।

आइसोलेसनमा रहेको संक्रमित विरामीसँग पुगेर उनीहरुको जानकारी लिइन्छ। कहाँबाट आएको? कहाँ कहाँ गएको भन्ने खोजिन्छ। जस्तो प्लेनबाट आएको भएर विमानस्थलमा पुगेर विमानबाट अनुसन्धान सुरु हुन्छ।

संक्रमित बिरामी प्लेनको कुन सिटमा बसेको थियो, पहिचान गरिन्छ। त्यसपछि उ बसेको सिटको अगाडि पछाडि र बीचका दुई पङ्तिका यात्रुहरुको पहिचान गरिन्छ। उनीहरुलाई विशेष प्राथमिकता राखेर खोजी हुन्छ। अनि उनीहरुको जाँच गरिन्छ।

संक्रमित विरामी एयरपोर्टबाट कहाँ गए? के मा गए? खोजी गरिन्छ। होटेलमा वा घर कहाँ बसेको पहिचान गरिन्छ। उससँग सम्पर्कमा आएका सबैको जाँच गरिन्छ। एकदमै नजिकरुपमा सम्पर्कमा आएकाको ल्याव परीक्षण नै हुन्छ भने अन्यको र्‍यापिड परीक्षणमात्र।

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा संक्रमण देखिएपछि उनीहरु रहेको ए ब्लका २ सय ९८ जनाको नै प्यापिड टेष्ट गरिएको थियो। सबैको नजिता नेगेटिभ आएको छ। त्यस्तै उनीहरुसँग क्लोज रहेका अन्यको भने ल्याव परीक्षण नै गरिएको छ।

महाशाखाले सातवटै प्रदेशमा केस अनुसन्धान टोली तयार राखेको छ। प्रदेशमा देखिएका संक्रमित विरामीको उनीहरुले नै कन्ट्याक ट्रेसिङ गर्छन्। आवश्यक परेको खण्डमा केन्द्रबाट नै पठाइन्छ। संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका सबैको 'गो डाटा' सफ्टवेयरमा इन्ट्री गरिने महाशाखाका प्रमुख पाण्डेले भने।

'गो डाटा'बाट उनीहरुलाई क्वारेन्टाइनमा राख्ने समयसम्म ट्रेसिङ गरिन्छ। उनीहरुलाई जिपिएस ट्र्याकिङबाट यही एप्लिकेसनबाट ट्र्याक गरिन्छ।

यता, नेपाल प्रहरीले पनि यस्ता मानिसलाई ट्रेसिङ गरिरहेको छ। विमानबाट आएका संक्रमित विरामी चढेका यात्रु सबैको खोजी जारी छ। पछिल्लो पटक सनसिटीमा देखिएका बाहेक संक्रमित विरामी आएका तीनवटा विमानका ४४० जना मध्ये २० जना मात्र भेटिन बाँकी छन्। प्रहरीले उनीहरुको ठेगनालाई पहिल्याएर खोजी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोसीले बताए।

चुनौती के छ त खोजीमा?

कन्ट्याक ट्रेसिङमा ठूलो चुनौती छ। हाम्रो देशमा सबैतिर सीसीक्यामरा छैन। सार्वजनिक सावारी प्रयोग गरेकोको कुनै रेकर्ड हुँदैन। त्यसैले उनीहरु खोज्न समस्या देखिन्छ। धनगढीमा संक्रमित भेटिएकी ५० वर्षीय महिला वीरगंजदेखि कैलालीसम्म बसमा पुगेकी थिइन्। त्यसो त उनी चिया पसल चलाएर बस्ने गर्थिन्। कतिले त्यहाँ चिया पाए, खोज्नु कसरी? उनीसँग सम्पर्क हुनेहरुको खोजी गर्ने चुनौतीपूर्ण काम हो। 'वीरगंजमा चिया पकाउनु हुन्थ्यो। धनगढी बसमा आउनु भयो। बस नम्बर छ तर बसमा यात्रा गर्ने को को हो पत्ता लगाउन गाह्रो भएको छ,' महाखाका प्रमुख पाण्डेले भने।

विदेशबाट आएका व्यक्तिको ठेगाना त छ। तर, प्रहरी पुग्दा उनीहरु त्यो ठेगानामा भेटिँदैनन्। कोही बसाइ सरेका छन्। त्यसको पनि रेकर्ड छैन। 'ठेगानाले मात्र फेला पार्न केही गाह्रो भएको छ। उल्लेखित ठेगानामा नभए कहाँ खोज्ने?,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell